दफा ८
राष्ट्रिय मानक तथा गुणस्तर निर्धारण
(१) तथ्याङ्क उत्पादनकर्ताले ऐनको दफा ४ को उपदफा (२) र (३) मा उल्लिखित विषयलाई आधार मानी आफूले उत्पादन गर्ने तथ्याङ्कसम्बन्धी राष्ट्रिय मानक र गुणस्तर निर्धारण गर्ने प्रयोजनका लागि आवश्यक मस्यौदा तयार गरी कार्यालय समक्ष पेस गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको मस्यौदा प्राप्त भए पछि कार्यालयले जाँचबुझ गरी उपयुक्त देखिएमा परिषद् समक्ष पेस गर्नेछ।
(३) उपनियम (२) बमोजिम प्राप्त मस्यौदाको आधारमा परिषदले ऐनको दफा ८४ बमोजिम सम्बन्धित तथ्याङ्क सङ्कलनको राष्ट्रिय मानक तथा गुणस्तर निर्धारण गर्नेछ।
(४) उपनियम (३) बमोजिम परिषद्बाट निर्धारण भएको राष्ट्रिय मानक तथा गुणस्तरको पालना गर्नु सम्बन्धित तथ्याङ्क उत्पादनकर्ताको कर्तव्य हुनेछ।